Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


सुनको आपूर्ति बढाउन व्यवसायीको माग


0
Shares

काठमाडौं, भदौ ३० । बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यवासयीहरुले आपूर्ति बढाउन माग गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डल बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष भेटगरी सुन अभावको बारेमा जानकारी गराउनुका साथै सुनचाँदी ब्यवसायमा देखिएका अन्य बिषयवस्तुहरुको समेत जानकारी गराएको हो ।

तत्काल कच्चा सुनको आपूर्ति ब्यवस्था बढाउन आगह गरिएको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ । हाल ब्यवसायीहरुले दैनिक २० किलोका दरले मात्र कच्चा सुन पाउँदै आएका छन् ।

यस्तै सुन आयातमा बैंकको एकाधिकार तोडी निजी क्षेत्रलाई पनि सहभागी गराइनु पर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

Skip This