![](https://www.imagekhabar.com/wp-content/uploads/2021/09/Chinease-Ambassodo-to-UK.jpg)
एजेन्सी । बेलायतले संसदमा चिनियाँ राजदूतको प्रवेशलाई प्रतिबन्ध लगाएको छ ।
गएको मार्चमा चीनले आफ्नो देशविरुद्ध अफवाह फैलाएको भन्दै बेलायतको तल्लो सदनका पाँच र माथिल्लो सदनका दुई सांसदलाई यात्रा प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धसँगै उनीहरूको सम्पत्ति रोक्का गरेको थियो । यसैको बदलामा बेलायतका लागि चिनियाँ राजदूत झङ जगवाङ लाई बेलायतको संसद प्रवेश निषेध गरिएको बीबीसीले जनाएको छ ।
चीनसम्बन्धी सर्वदलीय समूहले बुधबार आयोजना गरेको जमघटमा चिनियाँ राजदूत झङ जगवाङ सहभागी हुने कार्यक्रम तय गरिएको थियो ।
तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख लिन्ड्जी होयल र माथिल्लो सदन ‘हाउस अफ लर्ड्स’का सभामुख लर्ड मक्फलले विदेश मन्त्री झङको व्यापक विरोध भएका कारण उहाँको प्रवेशमा रोक लगाइएको जानकारी दिनुभयो ।
यता चिनियाँ दूतावास भने बेलायतको यो कदमलाई घृणित र कायर निर्णय भएको प्रतिक्रिया दिएको छ । यसले दुई देशबीच तनाव थप बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्