
काठमाडौं , पुस ७ । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको मृत्यु भएको छ ।
मृत्यु पछि आक्रोसित विद्यार्थीले गरेको प्रदर्शनबाट सुकेधारा चाबहिल क्षेत्रमा तनाव भएको छ ।
भक्तपुर काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट आज विहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्याए लगतै उनको मृत्यु भएको थियोे ।
सहपाठीको मृत्यु भएपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।
पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययरत पन्त गोर्खा निवासी भएको प्रहरीले जनाएको छ । विद्यार्थीको प्रदर्शनपछि सो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्