१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


विदेशमा नेपालीको सफलता: न्यूयोर्कमा ‘नवराज केसी डे’ मनाइयो


0
Shares

काठमाडौं । विदशी भूमिमा नेपालीहरुले ठूलो सफलता र प्रगति हासिल गर्दै गएका छन् । यसै सिलसिलामा अमेरिकाको न्यूयोर्कमा एक नेपालीले नौलो सफलता पाएका छन् । 

न्यूयोर्कमा बस्दै आएका समाजसेवी नवराज केसीको सम्मानमा ‘नवराज केसी डे’ मनाइएको छ । डिसेम्बर २२ तारिखका दिन केसीलाई भब्य सम्मान प्रदान गरे ।

अमेरिकन हाउस अफ रिप्रेजेन्टिटिभ र अमेरिकन कंग्रेसकी सदस्य ग्रेस मिङद्वरा हस्ताक्षर गरिएको प्रोकेलेमेसनमा केसीलाई लाईफ टाइम अचिभमेन्ट प्रदान गरिएको छ । 

अमेरिकाको डिक्युन विश्वविद्यालय पिटस्वर्गबाट ग्लोबल लिडररशिपमा मास्टर्स गरेका केसी बौदिक नेतृत्व क्षमता भएको ब्यक्तिका रुपमा चिनिन्छन् ।

न्यूयोर्कको ज्याक्सन हाइट्समा अबस्थित बयाम्बो हाउस रेस्टुरेन्ट एन्ड बारमा केसीको सम्मानमा भब्य समारोह आयोजना गरिएको थियो ।

कार्यक्रममा ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक एडम्सको बिशेष आथित्यमा कार्यक्रम भएको हो । नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा काउन्सिल मेम्बर फर्नान्डो काब्रेराको पनि सहभागि थिए ।

नबराज केसी रोटरी क्लब कुइन्सका प्रेसिडेन्ट तथा ‘हामी नेपाली’ सस्थाको उपाध्यक्ष पनि हुन । सामाजिक काममा अग्रसर केसी नेपालीहरुमाझ लोकप्रिय छन ।