१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


दाहालको राजनीतिक यात्रा समाप्त : महेश बस्नेत


0
Shares

अर्घाखाँची, भदौ २९ । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोे राजनीतिक यात्रा समाप्त हुन लागेको जिकिर गर्नु भएको छ ।

अर्घाखाँचीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो । नेता बस्नेतलले पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालले राजनीतिलाई नकारात्मक बाटोमा धकेलेको आरोप लगाउनुभयो ।

सभामुख अग्नि सापकोटाले पदीय मर्यादा भुलेर पुष्पकमल दाहाल र माधव नेपालको मुख बनेको उहाँको आरोप छ ।

कार्यक्रममा नेता टोपबहादुर रायमाझीले फुटेर सानोसानो हुँदै गएका पार्टी विस्तारै विलय भएर जाने बताउनुभयो । उहाँले दाहालले प्रधानमन्त्री पद नपाउँदा पार्टी फुटाएको जिकिर गर्नुभयो ।