१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, निर्वाचन निर्देशिका, राजनीतिक विषयमा छलफल


0
Shares

काठमाडौं, भदौ २९ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी रहेको छ ।

बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सो विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा सरकारमा जाने मन्त्री, एमसीसी र समसामायिक राजनीतिक विषयमा छलफल हुने बताएको छ ।

बैठकमा नियमावली र निर्वाचन निर्देशिकाबारेमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको अवरोधका विषयमा पनि बैठकमा छलफल हुने माओवादीले बताएको छ ।