मकवानपुर, पुस ७ । हेटौंडा उपमहानगरपालिका वडा नं १ चौकीटोलदेखि राप्ती पुलसम्म वैकल्पिक सडक निर्माण कार्य सुरु भएको छ ।
२ दशमलव ३ किलोमिटर लामो वैकल्पिक सडक निर्माणको काम पूर्वाधार विकास कार्यालय चितवनले गरिरहेको छ ।
हेटौंडाका मुख्य सडकमा बढ्दो सवारी जाम र ध्वनि प्रदुषणबाट मानव स्वास्थ्यमा प्रतिकुल असर परेको हुँदा सडक निर्माण सुरु गरिएको हो ।
प्रदेश नं ३ सरकारको १३ करोड ८४ लाख बजेटमा यही मंसिरदेखि सुरु गरिएको काम दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
राप्ती नदीको तिरैतिर ग्याभीयन वाल लगाएर नदीको सतहबाट पाँच मिटर अग्लो ८ दशमलव ५ मिटर चौडाइको सडक निर्माण गरिनेछ ।
सडक निर्माण भएपछि हेटौंडाको चौकीटोलका घरहरू तथा राप्तीरोडस्थित हेटौंडा अस्पताल वर्षाको समयमा राप्ती नदीको बाढीबाट हुने कटानबाट समेत जोगिने निर्माण कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्