१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


बागलुङ–बोक्से खण्डमा कालोपत्रेको तयारी


0
Shares

बागलुङ । लामो समयदेखि अलपत्र परेको मध्यपहाडी लोकमार्ग बागलुङ खण्डअन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ ।

ठेकेदार कम्पनीले उपल्लो चौरदेखि अक्षेतेतर्फको साढे तीन किलो मिटर सडक असोज २ गतेदेखि कालोपत्रे गर्ने गरी सडक संरचना तयार गरेको छ ।

कालोपत्रेको लागि आवश्यक जनशक्ति, कच्चा पदार्थ र सडक सब बेसको काम सकिएको छ । उक्त खण्ड यस वर्षको वर्षा सुरु हुनुअघि नै कालोपत्रे गर्ने तयारी भए पनि छिटो मनसुन सक्रिय हुँदा काम प्रभावित भएको ठेकेदार कम्पनीले जनाएको छ ।

भारत÷सिद्धिसाई जेभीले उपल्लाचौरदेखि बोक्से सम्मको १३ किलो मिटर सडक कालोपत्रेको जिम्मेवारी लिएको छ ।