२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य तथा आर्थिक सहयोग कटौती


0
Shares

काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग कटौती गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रपविरुद्ध महाअभियोग लगाउने प्रक्रिया अघि बढेसँगै अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य तथा आर्थिक सहयोग कटौती गरेको हो ।

राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनमाथि छानविन गर्न युक्रेनका राष्ट्रपति बोल्डेमाइर जेलेनस्कीलाई दवाव दिएको आरोप लागेको छ ।

जो विडेनका छोराले युक्रेनमा सञ्चालन गरेको ग्यास कम्पनीमा भएको भनिएको भ्रष्टाचारको मुद्धामा छानविनका लागि राष्ट्रपति ट्रम्पले राष्ट्रपति जेलेनस्कीलाई दवाव दिएको आरोप सांसदहरुको दावी छ ।

जो विडेन अमेरिकाको आगामी निर्वाचनमा राष्ट्रपतिका संभावित उम्मेद्वारको रुपमा हेरिएको छ ।

उक्त प्रकरणपछि भएको लामो छानविनपछि संसदको तल्लो सदनले ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्ताव बहुमतले पारित गरेर माथिल्लो सदनमा पठाएको छ ।

ह्वाइट हाउसले महाअभियोग प्रकरण सुरु भएसँगै युक्रेनमलाई दिँदै आएको सहयागमाथि प्रतिवन्ध लगाएको जनाएको छ ।

गत जुलाई २५ मा युक्रेनका आधिकारीहरुसँग भएको अन्तिम फोन संवादपछि नै सहयोग कटौती गरेको अधिकारीहरुले दावी गरेका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले आफूविरुद्ध लगाइएको महाअभियोग राजनीतिक प्रतिसोध मात्र भएको प्रतिक्रिया दिएका छन् ।

उनले सभामुख न्यान्सी पलोसीले कसैको उक्साहटमा आफूमाथि छानविन थालेको आरोपसमेत लगाएको बताएका छन् ।(एजेन्सी)