काठमाडौं, भदौ २८ । नेपाल स्टिल रोलिङ मिल एसोसिएसनले डन्डी बनाउन प्रयोग हुने कच्चा पदार्थ स्पञ्ज आइरनमा सरकारले लगाएको भन्सार र अन्तशुल्क दरले डण्डी उद्योग प्रत्यक्ष प्रभावित भएको जनाएको छ ।
सरकारको पछिल्लो कदमले मुलुकका २४ वटा डन्डी उद्योग बन्द हुने एशोसिएनको दाबी छ । एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शुक्रबार सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा लगाईएको अन्तशुल्क र भन्सार दरले डण्डी उत्पादक उद्योग विस्थापितनै हुने बताएको हो ।
सरकारले हाल स्पन्ज आईरन आयात गर्दा शून्य कर तर विलेट आयात गर्दा ४ दशमलब सात पाँच प्रतिशत भन्सार र अन्तशुल्क प्रति मेट्रिक टन २५ सय पुर्याएको छ ।
यसले गर्दा उद्योगनै बन्द हुने र कामै गर्न नसक्ने अवस्थामा पुग्ने भन्दै उनीहरुले आयातित सामानको भन्सार छुटाउने तथा उद्योबाट उत्पादित फलामे छड विक्री वितरण समेत रोकेको बताएका छन् ।
डण्डीको कच्चा पदार्थ विलेट नेपालमै उत्पादन नहुने हुँदा वर्षेनी करोडौं रकम बराबरको आयात हुने गरेको छ । यसबाट उत्पादित फलामे छड र डन्डीहरु पनि गुणस्तरिय हुने तर स्पन्ज आईरनबाट उत्पादित डण्डी गुणस्तरीय नहुने उनीहरुको दाबी छ ।
एसोसियसनका पुर्व अध्यक्ष प्रदिप श्रेष्ठले सरकारले २४ उद्योग बन्द हुने अवस्थामा पुग्नुका साथै गुणस्तरमा समेत सम्झौता हुने स्थिति बनेको बताउनुभयो ।
सरकारले यो व्यवस्था कार्यान्वयन गर्दा अर्बौको राजश्व र १० हजार बढिको रोजगारी गुम्ने एशोसिसनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्