
पोखरा, पुस ६ । पर्यटनको विकास तथा विस्तार एवं स्थानीय संस्कृति एवं परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले हरेक बर्ष पोखरामा हुँदै आएको सडक महोत्सबको तयारी पूरा भएको जनाइएको छ ।
“सडकमै खाऔ सडकमै रमाऔं” भन्ने मुल नाराका साथ अंग्रेजी नयाँ वर्षको अवसरमा नेपाल पर्यटन बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेबान) ले संयुक्त रुपमा सडक महोत्सव आयोजना गर्दै आएका छन् ।
आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।
२१ औं पोखरा सडक महोत्सव २०१९ ले सरकारको भिजिट नेपाल २०२० लाई समेत सहयोग पग्ने महोत्सवका संयोजक लक्ष्मण बरालले बताए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लोपोन्मुख समेत सांस्कृतिक कार्यक्रम, सडकमै खानाका विविध परिकार, हस्तकला प्रदर्शनी तथा साहसिक खेलकुद कार्यक्रम गरिने आयोजकले जनाएका छन् ।
मेला आगामी पुस १२ गतेबाट १६ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्