१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


बागलुङ-बोक्से सडकखण्ड दशैसम्म कालोपत्रे गर्ने तयारी


0
Shares

बागलुङ, भदौ २८ । लामो समयदेखि अलपत्र परेको मध्यपहाडी लोकमार्ग बागलुङ सडकखण्ड अन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ ।

ठेकेदार कम्पनीले उपल्लो चौरदेखि अक्षेतेतर्फको साढे तीन किलो मिटर सडक असोज २ गतेदेखि कालोपत्रे गर्ने गरी सडक संरचना तयार गरेको छ ।

कालोपत्रेको लागि आवश्यक जनशक्ति, कच्चा पदार्थ र सडक सब बेसको काम सकिएको छ ।

उक्त खण्ड यस वर्षको वर्षा सुरु हुनुअघि नै कालोपत्रे गर्ने तयारी भए पनि छिटो मनसुन सक्रिय हुँदा काम प्रभावित भएको ठेकेदार कम्पनीले जनाएको छ ।

भारत÷सिद्धिसाई जेभीले उपल्लाचौरदेखि अक्षतेसम्मको १३ किलो मिटर सडक कालोपत्रेको जिम्मेवारी लिएको छ । दशैंअघि साढे तीन किलो मिटर सडक कालोपत्रे गरिसक्ने र बाँकी खण्ड दशैपछि कालोपत्रे गर्ने गरी काम भएको जेभीका प्रोजेक्ट मैनेजर शिव लामिछानेले जानकारी दिनुभयो ।