काठमाडौं, भदौ २८ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनोटको भाषा परीक्षा सकिएको छ ।
दिउँसो १ देखि २ बजेसम्म भएको परीक्षामा ७ हजारभन्दा बढी सहभागी भएको बताइएको छ ।
वैदेशिक रोजगार विभागले गत साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन माग गरेको थियो ।
लिखित परीक्षाबाट १ हजार ६ सय ८० जना उत्तीर्ण हुनेछन् । परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक हुने विभागले जनाएको छ । लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता र शारीरिक परीक्षण गर्ने विभागको तयारी छ । केयर गिभरमा जानेले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ ।
नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन् । इजरेलको वर्तमान तलब व्यवस्थाअनुसार कामदारले मासिक नेपाली एक लाख ८६ हजार रुपैयाँ पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्