काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी छ । नयाँ बानेश्वस्थित संसद भवनको ल्होत्स हलमा बैठक बसिरहेकाे छ ।
प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाके पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने बैठक बहिस्कार गरेको छ ।
भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा एमालले निरन्तर अवरोध गर्दै आएपछि सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको हो ।
एमालेले भने सभामुखले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म कुनै पनि वार्ता नहुने बताउँदै आएको छ । उसले सभामुखलाई पदबाट राजीनामा दिन बाध्य पार्ने रणनीति लिएको छ ।
प्रतिक्रिया दिनुहोस्