Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


बेलायतबाट आयो हामी नेपाली, ‘हामी गोर्खाली’को भिडियो


0
Shares

काठमाडौं । सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतका शब्द सिर्जना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ। बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो।

गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय देख्न सकिन्छ।

दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ। भिडियोको निर्देशन सन्त कुमार राईले गरेका हुन्।

Skip This