१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


न्यूनतम् पारिश्रमिक कार्यान्वयन गर्न आवश्यक : मन्त्री विष्ट


0
Shares

विराटनगर, साउन १६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले निर्धारण गरेको श्रमिकको न्यूनतम् पारिश्रमिक कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले युवाको विदेश पलायन रोक्नका लागि सरकारले न्यूनतम् पारिश्रमिकसहित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको बताए ।

श्रमिकको न्यूनतम् बेतन निर्धारणको काम सरकार, रोजगारदाता र श्रमिक तीनै पक्षका प्रतिनिधिबीच भएकाले कार्यान्वयनमा समस्या नहुने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी युवाहरुले सरकारको युवालक्षित स्वरोजगारका कार्यक्रमका विषयमा मन्त्री विष्टसँग जिज्ञासा राखेका थिए ।