२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


उत्तर कोरियाले फेरि गर्‍याे क्रुज मिसाइलको परीक्षण, १५ सय किमिको दुरीसम्म मार हान्न सक्ने


0
Shares

एजेन्सी । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । दुई वटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी उसले गरेको छ ।

परीक्षण गरिएका ती मिसाइलले १५ सय किलोमिटरको दूरी तय गर्न सक्छन् । उत्तर कोरियाले ती मिसाइललाई ‘महत्वपूर्ण रणनीतिक हतियार’ को रूपमा व्याख्या गरेको छ ।

गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले सपथ लिएको बेला पनि उत्तर क्रुज मिसाइल परीक्षण गरेको थियो । केही दिन अघिमात्रै उत्तर कोरिया स्थापनाको ७३औं वर्षगाँठको अवसरमा राजधानी प्योङयाङमा विशाल सैनिक परेड गरिएको थियो ।