Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


संसदको अवरोध हटाउन सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै


0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

सापकोटाले आज दिउँसो साँढे २ बजे संघीय संसद भवन नयाँबानेश्वरको लोत्से हलमा दलका संसदीय दलका नेताहरुसँग छलफल गर्न लाग्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।

सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने न्यौपानेले बताउनुभयो ।