७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध


0
Shares

बझाङ, भदौ २७ । तीन दिनदेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन ।

सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।

सडक अबरुद्ध बनेपछि सदरमुकाम चैनपुर भित्रिएका लामो तथा छोटो दुरीका सवारी साधनहरु सदरमुकाममै थन्किएका छन् ।

राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभएको छ ।