Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


संसद बैठक कहिले सहज हुन्छ केपी ओलीलाई सोध्नू : प्रधानमन्त्री देउवा


0
Shares

deuba urge release to sukky

काठमाडौं, भदौ २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सहज बनाउने दायित्व प्रमुख विपक्षी नेकपा (एमाले) मा पनि रहेको बताउनु भएको छ ।

एमालेले सभामुख अग्नीप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेपछि संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले संसद बैठक कहिले सुचारु हुन्छ भन्ने प्रश्न एमाले अध्यक्ष केपी ओलीलाई सोध्नुृ भन्नुभयो ।

एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।