बागमती प्रदेश: एकीकृत समाजवादीको संसदीय दलको नेतामा पाण्डे « Image Khabar


बागमती प्रदेश: एकीकृत समाजवादीको संसदीय दलको नेतामा पाण्डे


Border circle
Imagekhabar

काठमाडौं, भदौ २७ । नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ ।

निर्वाचन आयोगले प्रदेशसभा सचिवालयलाई पत्र पठाए लगत्तै बसेको सो पार्टीको संसदीय दल बैठकले पाण्डेलाई चयन गरेको हो ।

बैठकले संसदीय दलको विधान समेत पास गरेको छ ।

यस्तै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय पनि लिइएको छ । योसंगै शाक्य अल्पमतमा पर्नु भएको छ । बागमती प्रदेशसभामा नेकपा एसका १३ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्