चितवनको चुम्लिङटारमा माईक्रो र ट्रक ठोक्किदा तीन जनाको मृत्यु, सात जना घाईते • Image Khabar Image Khabar


चितवनको चुम्लिङटारमा माईक्रो र ट्रक ठोक्किदा तीन जनाको मृत्यु, सात जना घाईते


Imagekhabar
३१ जेष्ठ २०७५, बिहीबार २१:०३

चितवनको चुम्लिङटारमा माईक्रो र ट्रक ठोक्किदा तीन जनाको मृत्यु, सात जना घाईते

चितवन, असार १ । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा शुक्रबार बिहान माईक्रो बस र ट्रक एक आपसमा ठोक्किदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । 

काठमाडौंबाट नारायणगढ आउँदै ना६ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ७६९२ नम्बरको माईक्रो बस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

घाईतेलाई भरतपुरतर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार ट्रक सडकबाट ५० मिटर तल खसेको छ । विहान ७ः२० मा भएको सो दुर्घटनामा परि ट्रक र माईक्रोका चालक सामान्य घाईते भएका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्