काठमाडौं, पुस ५ । उद्योगी–व्यवसायीहरुले सरकारले लगाएको करको कारण अझैपनि उद्योगी–व्यवसायी खुसी हुन नसकेको बताएका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले औद्योगीकरण गर्ने नाममा बढाएको भन्सार र अन्तःशुल्क कर तथा विभिन्न स्थानीय तहहरुले लगाएको करको कारण व्यवसायीलाई असहज भएको गुनासो गरे ।
सरकारले भन्सार अन्तःशुल्क करको दरमा वृद्धि गर्दा चोरी–पैठारी हुने गरेको श्रेष्ठको भनाइ छ ।
यस्तै, सरकारले लागू गरेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस), स्थायी लेखा नम्बर (प्यान) र सामाजिक सुरक्षा कोषले अझै असहजता थपिएको श्रेष्ठले उल्लेख गरे ।
महासंघका अध्यक्ष्य भूपेन्द्र गिरीले फर्निचर तथा फर्निसिङ क्षेत्रको सम्भावना भएपनि अझै यस क्षेत्रको विकास हुन नसकेकाले सरकारको सहयोग आवश्यक रहेको बताए ।




प्रतिक्रिया दिनुहोस्