Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आठ खेल हुने


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् ।

म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । यस्तै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ ।

१२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डो न्युकासलविरुद्ध खेल्ने टिममा रहेका छन् ।चेल्सीले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्नेछ ।यस्तै आर्सनलले घरेलु मैदानमा नर्विच सिटीसँग खेल्नेछ ।टोटेनहमले क्रिस्टल प्यालेससँग खेल्नेछ ।अन्य खेलमा वाट्फोर्डले उल्भ्स, ब्रेन्टफोर्डले ब्राइटन तथा साउथह्याम्पटनले वेस्ट ह्यामसँग खेल्नेछ ।