
एजेन्सी । अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आगामी अक्टोबरभित्र फाइजरको खोप तयार हुने शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले बताएका छन् ।
सो उमेर समूहका लागि कोरोनाको खोप आपतकालीन रुपमा प्रयोगका लागि अमेरिकाले फाइजरलाई अनुमति दिएको पनि उनले बताएका हुन् । सो खोप ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकाको सुरक्षाका लागि प्रभावकारी हुने बताइएको छ । अमेरिकामा पछिल्लो हप्तादेखि विद्यालयहरु सञ्चालनमा आएसँगै अमेरिकाले ती उमेर समूहका बालबालिकाहरुलाई खोप दिने तयारी गरेको जनाएको छ ।
शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले तोकिएको समयसीमाभित्रै बालबालिकालाई खोप लगाइसक्नुपर्ने बताए । उनले मोर्डना खोपपनि नोभेम्बरभित्र तयार हुने भन्दै विद्यालय जने उमेरका सबै बालबालिकालाई प्राथमिकताका आधारमा खोप लगाउने बताए । फाउसीले खोप निर्माताहरुसँगको बैठकमा भ्याक्सीनको तयारीका बारेमा भएका प्रगतीको विवरण बुझाउनसमेत आग्रह गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्