बाग्लुङ । बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुई जनाको अबस्था गम्भीर छ ।
आज(शनिबार) बिहान बडिगाड गाउँपालिकाको खर्वाङबाट सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१७ न को पिकअप जिप टुटिफेदमा दुर्घटनामा परेको हो ।
जिप बिरामी लिएर जाँदै थियो । घाइतेहरुलाई खर्वाङमा सामान्य उपचार पछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब तीनसय मिटर तल खसेको थियो ।









प्रतिक्रिया दिनुहोस्