-डिबी विष्ट/ईमेज
बझाङ र स्थानीय सरकार गठन भए पनि अधिकांश ठाउँमा स्थानीय समस्यालाई प्राथमिकतामा राखेर काम भएको देखिँदैन ।
त्यसैमध्येको एउटा उदाहरण होे,बझाङको केदारस्युँ गाउँपालिका–६ को त्याडिगाउँ । जहाँका स्थानीय वर्षौँदेखि खानेपानीको समस्यासँग जुधिरहेका छन् ।
बझाङको केदारस्यु गाउँपालिका–६ को त्याडिगाउँ जहाँ खानेपानीको समस्या सबैभन्दा टड्कारोका रुपमा रहेको छ ।
२०५२ सालमा निर्माण भएको खानेपानीका धाराको मर्मत नहुँदा खानेपानीको समस्या भएको हो । स्थानीयलाई गाँउभन्दा झण्डै एक किलोमिटरको दुरीमा पर्ने कुवा र खोलाबाट पानी बोकेर पिउनुपर्ने अवस्था छ ।
पानीको अभावमा घरआगन सफा राख्न, चर्पीमा राख्न, खाना पकाउन तथा पशुचौपायलाई दिनेलगायतका काममा बढी समस्या हुने गरेको स्थानीयको गुनासो छ ।
पहिले गाउँमा ८÷१० वटा धारा बनाएको भए पनि पाइप जाम भएका कारण कुनैबाट पनि आउँदैन ।
धारा मर्मतको लागि स्थानीय सरकारले खासै पहल नगरेका कारण आफूहरुले सास्ती भोगिरहनुपरेको अर्का स्थानीयको भनाइ छ ।
उसो त खानेपानीका लागि भन्दै गाउँपालिका–६ ले १५ लाख रुपैयाँ बराबरका पाइप वितरण गरेको थियो ।
खानेपानीको स्थायी समाधान खोज्नुभन्दा पनि व्यक्तिलाई पाइप वितरण गरिएकाले समस्या ज्यूँकात्यूँ रहेको सोही ठाउँको नवज्वती आधारभुत विद्यालयका प्राध्यानाध्यापक दिपक बोहराको भनाइ छ ।
यता केदार स्यँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी कम्तीमा एउटा टोलका लागि एउटा धाराको व्यवस्था गर्ने गरी आफूहरुले तयारी गरिरहेको दाबी गर्छन ।









प्रतिक्रिया दिनुहोस्