एजेन्सी । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा आर्थिक संकट गहिरिंदै भएक्को भन्दै सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले विश्व समुदायले फ्रिज गरेको अफगानिस्तानको रकम तत्काल निकासा गर्न पनि विश्व समुदायसँग अपील गरेको छ ।
संयुक्त राष्ट्रसंघका विशेष दुत डेबोरा ल्याँसले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको सहायतामाथि बिश्व समुदायले रोक लगाउँदा त्यहाँको जनता उच्च मूल्यमा खाद्य सामग्री किन्न बाध्य भएको भन्दै फ्रिज गरिएको रकम तत्काल निकासा गर्न अपील गर्नुभएको छ ।
डेबोरा ल्याँसका अनुसार अफगानिस्तानको मुद्रामा आएको गिरावट, खाद्य र इन्धन सामग्रीमा भएको अत्यधिक मुल्य बृद्धि जस्ता संकट अफगानी जनताले झेल्दै आएको बताइएको छ ।
यी समस्या समाधानका लागि तत्काल ठोस कदम नचाले ठुलो दुर्घटना निम्तने बताइएको छ । युएनडीपीको तथ्यांक अनुसार १ करोड ८० लाख जनसंख्या रहेको अफगानिस्तान विश्वकै गरीब राष्ट्रहरु मध्ये एक हो ।
यहाँका ७२ प्रतिशत जनताको आय एक दिनमा एक डलर मात्रै रहने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्