२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


जीपी फाउन्डेसनद्वारा तिब्बतमा २३ नेपाली विद्यार्थीलाई निःशुल्क छात्रबृद्धि


0
Shares

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसन(जीपी फाउन्डेसन(ले चिकित्सा शिक्षा क्षेत्रका २३ विद्यार्थीलाई तिब्बतमा शैक्षिक अध्ययन भ्रमणको निशुल्क छात्राबृद्धि उपलब्ध गराएको छ ।

चिङख्वाई युनिभर्ससिटी टिबेटीयन मेडिकल कलेजमा एक महिने शैक्षिक आदनप्रदान कार्यक्रमका लागि पूर्ण छात्रबृद्धि प्राप्त २३ विद्यार्थीलाई फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले शुक्रबार एक समारोहबीच विदाई गरिन ।

फाउन्डेसनका तर्फबाट शिक्षा विभागका छिरिङ साङडुप लामाले २३ विद्यार्थीको नेतृत्व गर्दै डिसेम्बर २४ तारिख तिब्बत उड्नेछन् । साथमा फाउन्डेसनका गुणराज प्याकुरेल पनि सहभागी हुनेछन् । समारोहमा अध्यक्ष कोइरालाले नेपाली विद्यार्थीहरुका लागि ठूलो अवसर प्राप्त भएको बताइन ।

उनले अन्य देशहरुसँग पनि विभिन्न संकायका विद्यार्थीहरुका निम्ती छात्रबृद्धिका लागि फाउन्डेसनले पहल गरिरहेको जानकारी दिइन । समारोहमा माथिल्लो विषय अध्ययनका लागि तिब्बतबाट चाँडै अन्य छात्रबृद्धिका कार्यक्रमहरुमा हस्ताक्षर हुने अध्यक्ष कोइरालाले बताइन ।

नेपाल–चीनबीचको ‘वान वेल्ड वान रोड’अवधारणालाई मजवुद बनाउन यस्ताखाले शैक्षिक कार्यक्रमले सघाउ पुर्‍याउने भन्दै उक्त विश्वविद्यालयले केही साताअघि फाउन्डेसनसँग छात्रबृद्धि उपलब्ध गराउन समझदारी गरेको थियो ।

एक महिने शैक्षिक आदनप्रदान गर्ने उक्त भ्रमणका बेला नेपाली विद्यार्थीहरुले आयुर्वेद चिकित्सा, चिकित्सासम्बन्धी तिब्बतीयन सिद्धान्त, चिकित्सकीय अभ्यास, औषधिको पहिचानलगायत विभिन्न विषयमा जानकारी हासिल गर्नेछन् ।