३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


कियाले ल्यायो मिड एसयुभी सेल्टोेस गाडी नेपालमा


0
Shares

काठमाडौं, पुस ४ । किया मोटर्सले नेपालमा मिड एसयुभी सेल्टोस गाडी सार्वजानिक गरेको छ ।

किया मोटर्सको नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राईजेजले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी सार्वजानिक गरेको छ ।

सेल्टोसमा १० ईन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलईडी लाईट, एअर प्युरिफायर, युभी ग्लास लगायत विशेषता रहेका छन् ।

हाल विभिन्न छ वटा भेरियन्टमा उपलब्ध यी गाडीका अन्य मोडल पनि छिटै नै भित्राउने कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राईजेजका प्रमुख सुहृद घिमिरेले जानकारी दिए ।

सेल्टोसको स्थानीय बजार मूल्य ४९ लाख ९० हजार देखी ८० लाख सम्म कायम गरिएको कम्पनीले जनाएको छ ।

इन्डिया सिक्स नामक ईन्जिन जडित सेल्टोस गाडी कियाको ग्लोबल मोडल भएको जनाएको छ ।