५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


प्रचण्ड भेट्न एमीसी उपाध्यक्ष सुमार खुमलटार पुगिन्


0
Shares

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुग्नु भएको छ ।

एमसीसीका बारे छलफलका लागि उपाध्यक्ष सुमारसहितकाे टाेली नेपाल आएकाे छ । टाेली बिहीबार काठमाडाै आइपुगेकाे हाे ।

एमसीसी स‌झाैता अनुमाेदनका लागि लविङ का लागि विभन्न राजनितिक दलका नेताहरुसँग भेट गरिरहेकाे छ । साेही क्रममा आज प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएकाे हाे । त्यस्तै आज प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे छ ।

नेपालमा रहनु भएकी सुमारले पूर्वप्रधानमन्त्री केपी ओली, जसपाका नेताहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बिहीबार नै भेटवार्ता गरिसक्नु भएको छ ।