२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सम्झौता अनुमोदनको ‘लविङ’मा एमसीसी प्रतिनिधिमण्डल विभिन्न दलका नेतहाहरुसँग भेटमा व्यस्त

आज प्रधानमन्त्रीसँग भेटवार्ता हुदै

0
Shares

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा आएको एमसीसी प्रतिनिधिमण्डल नेपालमा विभिन्न दलका नेताहरुसँगको भेटमा ब्यस्त रहेको छ ।

हिजो विहान साढे ९ बजेट काठमाडौं ओर्लिएको फतिमाको टोलीले हिजो प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओली र एमालेबाट भर्खरै चोटिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको थियो ।

भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा एमसीसी उपाध्यक्षसँगको भेटमा पूर्व प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता अनुमोदनका लागि सरकारसँगै पर्याप्त बहुमत रहेको भन्दै सरकारले गर्ने निर्णयका आधारमा आफ्नो पार्टीले धारणा बनाउने बताउनु भएको थियो ।

सुमारसँगको भेटवार्तापछि एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले सरकारको प्रस्तावको आधारमा एमालेले आफ्नो निर्णय लिने जवाफ अध्यक्ष ओलीले दिएको जानकारी दिएको बताउनुभयो ।

एमसीसी उपाध्यक्ष सुमारले आज माओावादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दै हुनुहुन्छ भने त्यसपछि प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।