१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


‘भैरहवा विमानस्थलको ६० प्रतिशत काम पूरा’


0
Shares

काठमाडौं, साउन १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम पूरा भएको जानकारी दिएका छन् ।

उनले आगामी ९ महिनाभित्र त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भरिने पनि बताए ।

बुधबारदेखि राजधानीमा सुरु भएको फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष सन् २०२० को सुरुआतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २४ सै घन्टा सेवा दिने जानकारी पनि गराए ।

यस वर्षको नेपाल फोटो प्रतियोगिताका सहभागीमध्येका उत्कृष्ट १६० फोटो प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी ६ दिनसम्म चल्नेछ ।

कार्यक्रममा यस वर्षको नेपाल फोटो प्रतियोगिताका विजेता नरेन्द्र श्रेष्ठले आफ्नो पुरस्कार राशीबाट ७० हजार रुपैयाँ स्व. कमल सदाको परिवारलाई हस्तान्तरण गरे ।