
ताप्लेजुङ, पुस ४ । पछिल्लो समय हिमाली जिल्ला ताप्लेजुङमासमेत बट्टाइ चराको व्यावसायिक पालन सुरु भएको छ ।
थोरै लगानीमा व्यावसायिकरुपमा बट्टाइ चरा पाल्न सकिने र यसबाट धेरै प्रतिफल लिन सकिने भएकाले यसको व्यावसायिक पालनतर्फ किसान आकर्षित हुन थालेका छन् ।
सदरमुकाम फुङ्लिङलगायतका स्थानीयले सानो लगानीबाट घरैमा बट्टाइ चरा पाल्न सुरु गरी यसको मासु र अन्डाको व्यापार गर्न थालेका छन् ।
बट्टाइ चराको मासु र अन्डा स्थानीय र होटल सन्चालकले खरिद गर्ने गरेका छन् ।
स्वास्थ्यका लागि यसको मासु र अन्डा फाइदाजनक हुने भन्दै ग्राहकले खोजी–खोजी खाने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।
एउटा बट्टाइ चराको तौल बढीमा २०० देखि ३०० ग्रामसम्मको हुने गर्छ ।
यहाँका व्यवसायीले अहिले प्रतिगोटा २०० देखि ३०० रुपैयाँसम्ममा बट्टाइ बिक्री गर्ने गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्