५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


डिशहोम फाइबरनेट सेवा पोखरामा पनि विस्तार


0
Shares

काठमाडौं, भदौ २३ । डिशहोमले फाइबरनेट सेवा पोखरामा पनि विस्तार गरेको छ ।

उच्चगतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० देखि डिशहोमले फाइबरनेट सुरु गरेको जनाएको छ । पछिल्लो समय यो सेवा पोखरामा पनि पुगेको कम्पनीले जनाएको हो ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट सेवा हाल काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, लगायत प्रमुख शहरहरुमा पुगिसेकेको र छिटै अन्य प्रमुख शहर, नेपालगञ्ज, धनगढी, विर्तामोड, लगायतमा पनि पुग्दै रहेको कम्पनीले जनाएको छ ।

डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम GO App जस्ता सुविधाहरु उपलब्ध रहेको कम्पपनीले जनाएको छ । फाइबरनेटका योजनाहरु १० Mbps देखि १०० Mbps सम्म उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ ।