Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


ओलीको अभिव्यक्ति हतास मनस्थितिको उपज : एकीकृत समाजवादी


0
Shares

काठमाडौं, भदौ २३ । संसद बैठक चल्न नदिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई नेकपा एकीकृत समाजवादीले हतास मनस्थितिको उपजको संज्ञा दिएको छ ।

एकीकृत समाजवादीको बुधबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद विरोध खतिवडाले ओलीको कारबाहीमा परेका १४ जना सांसदहरु संसदमा उपस्थित भए संसद चल्न नदिने भनाई मिडिया खपतको लागि मात्रै भएको टिप्पणी गर्नुभयो । खतिवडाले एउटा दलको नेता संसदमा उपस्थित भए संसद नै चल्न नदिने भन्ने उनी को हुन् भन्दै खतिवडाले प्रश्न गर्नुभयो ।

संसदमा संयमित भएर प्रस्तुत हुने भन्दै उहाँले त्यसलाई कमजोरी सम्झिए जस्तालाई त्यस्तै व्यवहार गर्ने चेतावनी पनि दिनुभयो ।

सांसद खतिवडाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबै षड्यन्त्रहरु असफल भइरहेको टिप्पणी गर्नुभयो ।