Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


संखुवासभा घटना : ६ जनाकै पोष्टमार्टम गरियो


0
Shares

संखुवासभा, भदौ २३ । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा अज्ञात समुहले विभत्स हत्या गरेका एकै परिवारका ६ जनाको बुधबार पोष्टमार्टम गरिएको छ ।

उनीहरुको शव गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सोमबार स्थानीय बौदमान कार्कीकी श्रीमती ८४ बर्षिय पार्वता कार्की, ५८ बर्षिय छोरा तेजबहादुर कार्की, ५२ बर्षकी बुहारी कमला कार्की, बौद्धमानकी नातिनि बुहारी ३२ बर्षकी रञ्जना कार्की, ११ बर्षको पनाती दीपेन कार्की र ७ बर्षीया पनातिनी गोमा कार्कीको अज्ञात समुहले हत्या गरेको थियो ।

पोष्टमार्टमको रिपोर्ट आउन केही दिन लाग्ने बताइएको छ । ६ जनाकै शव बुधबार नै इटहरीको बुढिखोलामा दाहसंस्कार गरिएको छ ।

Skip This