कलामा उच्च शिक्षा हासिल गर्ने पहिलो नेपाली महिलाको निधन « Image Khabar


कलामा उच्च शिक्षा हासिल गर्ने पहिलो नेपाली महिलाको निधन


Border circle
Imagekhabar

काठमाडौं, भदौ २३ । कलासम्बन्धी उच्च शिक्षा हासिल गर्ने पहिलो नेपाली महिला कलाकार सुधा मानन्धरको निधन भएको छ ।

उहाँको बुुधबार ८७ वर्षको उमेरमा निधन भएको हो ।

मानन्धर सर जे जे स्कूल अफ आर्ट, मुम्बई, भारतबाट कलामा डिप्लोमा गर्ने पहिलो नेपाली महिला हुनुहुन्छ । उहाँले ललितकला क्याम्पस, भोटाहिटीमा प्राध्यापन समेत गर्नु भएको थियो ।

मानन्धरले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा एकल चित्रकला प्रर्दशनी समेत गर्नुभएको थियो । उहाँको आजै शोभाभगवतिस्थित कर्ण दिपमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्