काठमाडौं, पुस ३ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजार रातै रहेर थामियो ।
अघिल्लो हप्ता पूरै दिन हरियो रहेको नेप्से यो साता पूरै दिन रातो रह्यो ।
यसदिन पनि उतार–चढावबीच बजार परिसूचक नेप्से अढाइ अंकले ऋणात्मक रहेर ११ सय ४९ कायम भएर थामियो ।
कारोबार सुरु भएको आधा घन्टासम्म नगन्य अंकले हरियो रहेको नेप्से त्यसयता ऋणात्मक रहन थालेको हो ।
यसदिन कारोबार भने अघिल्लो दिनको तुलनामा उच्च रह्यो ।
यसदिन आधा समूह रातो रहे भने आधा हरियो रहे । बिमा, विकास बैंक, अन्य, लघुवित्त र वाणिज्य बैंक समूह ऋणात्मक रहे । उत्पादनमूलक, होटल, व्यापार, वित्त, सामूहिक लगानी कोष र जलविद्युत् समूह सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीका १२ लाख ९० हजार बराबर कित्ता सेयर ४२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्