एन्सी । तालीवानले अफगानिस्तानमा अन्तरिम सरकार गठन गर्र्दैै देशलाई इस्लामिक इमिरेट घोषणा गरेको छ । तालीवानले अफगानिस्तानको अन्तरिम सरकार प्रमुखमा मुल्ला मोहम्मद हसन अखुन्दलाई चयन गर्दै देशलाई इस्लामिक इमिरेट घोषणा गरेको हो ।
अन्तरिम सरकारका अधिंकांश बरिष्ठ नेताहरु बिगत दुई दशकदेखि अमेरिकी सेनामाथिको हमलामा संलग्न विभिन्न सशष्त्र समूहका नाइकेहरु रहेका छन् । सरकार प्रमुख हसन अखुन्द संयुक्त राष्ट्रसंघको कालोसुचीमा परेका ब्यक्ति हुन् ।
उनले देशमा इस्लामिक कानुन लागु गर्न सम्पुर्ण मन्त्रीहरुलाई निर्देशन दिईसकेका छन् । अमेरिकी नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरू भएसँगै अगस्ट १५ मा तालिवानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएको थियो । अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिवान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्