२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


खोप लगाएका पर्यटकले मात्र मुस्ताङ भ्रमण गर्न पाउने


0
Shares

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएका र एन्टीजेन परीक्षण गरेका पर्यटकले मात्र मुस्ताङ भ्रमण गर्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले आदेश जारी गर्दै असोज ५ गतेसम्म यो नियम लागू हुने जनाएको हो ।

आदेशको उल्लङ्घन गरेमा कानूनी कारवाही हुने जनाईएको छ । स्वदेशी एवं विदेशीहरुलाई मुक्तिनाथ मन्दिर परिसर भित्र प्रवेश, सार्वजनिक मेला, जात्रा, महोत्सव, भोजभतेर र हाटबजार तथा भिडभाड हुने जस्ता कार्यक्रम आयोजना तथा सञ्चालन गर्न पनि निषेध गरेको प्रसासनले जनाएको छ ।