
सिन्धुपाल्चोक, पुस ३ । गत आइतबार भएको बस दुर्घटनामा सकुशल रहेकी ६ महिने बालिका अझै खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालकै आश्रयमा रहेकी छन् ।
बालिकाकी आमा सुनिता तामाङको दुर्घटनामा निधन भएको र उनका बाबु सोही बसका चालक सुमन तामाङ सम्पर्कमा नआएकाले बालिकालाई अस्पतालमा राखिएको हो ।
बालिकालाई लिन आफन्त अस्पतालमा आएपनि प्रमाण नपुगेको भन्दै अस्पतालले दिन मानेको छैन ।
अस्पताल व्यवस्थापन प्रमुख राम आचार्यका अनुसार प्रमाण पुर्याई आएमा बालिकालाई हस्तान्तरण गर्ने बताए । घटना लगत्तै फरार भएका तामाङ प्रहरी सम्पर्कमा आएको र आइतबारसम्म बालिकाकालाई लिन आउने अस्पतालले जनाएको छ ।
बच्चाको स्याहार सुसारको लागि अस्पतालले तीन सिफ्टमा १/१ जना कर्मचारीलाई खटाएको छ ।
सम्पूर्ण प्रकृया पूरा भएपछि पत्रकार, जनप्रतिनिधि र प्रहरीको रोहबरमा मात्रै बालिकालाई परिवारको जिम्मा लगाउने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्