
काठमाडौं, पुस ३ । त्रिभुवन विश्वविद्यालयको ४५ दिक्षान्त समारोहको अवसरमा विभिन्न तहका गरी १० हजार १ सय ८४ जना दीक्षित भएका छन् ।
राजधानीमा आज भएको दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले विद्यावारिधी, एमफील, स्नातक र स्नातकोत्तर उतीर्णहरुलाई दीक्षित गरेका हुन् ।
सो अवसरमा उत्कृष्ट अंक ल्याउनेहरुलाई विभिन्न ३१ वटा पदक पनि प्रदान गरियो ।
मन्त्री पोखरेलले शिक्षाशास्त्र संकायको प्रभावकारिताका लागि प्राज्ञिक डिग्री र पेसागत डीग्रीलाई एक अर्काबाट छुट्याउने सोचसहत नीति आएकोले सोही अनुरुप अघि बढ्न विश्वविद्यालयलाई आग्रह गरे ।
उनले नेपालमा साधरण शिक्षा धेरै भईसकेको भन्दै अब प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्