काठमाडौं, भदौ २२ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठानमा तालाबन्दी गरेका छन् ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्दा अन्योल भएको भन्दै कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् ।
मन्त्रिपरिषदले नियमावली बनाई प्रशिक्षण केन्द्रहरु हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको कर्मचारीहरुको गुनासो छ । प्रतिष्ठानले स्थानीय तहको सुशासन प्रवद्र्धनको निम्ति काम गरिरहेको भएपनि यसलाई ध्वस्त बनाउन खोजेको कर्मचारीहरुको गुनासो छ ।
प्रतिष्ठान अन्र्तगतका प्रशिक्षण केन्द्रहरु प्रदेश सरकारमा उपायोगका लागि हस्तान्तरण भइसक्दा समेत त्यहाँ कार्यरत कर्मचारीहरुको व्यवस्थापन नभएकाले तुरुन्तै सम्मानजनक व्यवस्थापन हुनुपर्ने कर्मचारीको माग छ ।
प्रतिक्रिया दिनुहोस्