
धनकुटा, पुस ३ । धनकुटाको हिलेमा बिहीबारदेखि बृहत् स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
शिविरमा हाडजोर्नी, मुटुरोग, आँखा, महिला तथा बालबालिकाकासम्बन्धी रोगहरुको उपचार हुने आयोजकले जनाएको छ ।
बिरामीलाई निःशुल्क भिडियो एक्सरे र औषधिकोसमेत व्यवस्था गरिएको छ ।
रोटरी क्लब अफ इटहरीको आयोजनामा धनकुटा नगरपालिका, स्थानीय ब्याडमिन्टन क्लबको सहयोग तथा विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा दुईदिने स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
क्लबले हिले माध्यमिक विद्यालयका करिब १०० विद्यार्थीलाई न्यानो कपडासमेत वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्