
काठमाडौं । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट गएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको हो ।
प्रहरीले सवै शव पोस्टमार्टमका लागि पठाउँदै छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरस्थित ‘रिजनल इन्भेस्टिकेसन’ टिमले पनि अनुसन्धान गर्ने जानकारी प्रदेश १ का डीआईजी अरूण बिसीले बताउनु भएको छ ।
घटनास्थल दुर्गम भेगमा भएकाले प्रहरीलाई पुग्न समय लागेको तर तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले गहन अनुसन्धान गर्ने बिसीको भनाई छ ।
हिजो बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको शव फेला परेको थियो । ९३ वर्षीय वृद्ध बाहेक घरमा रहेका सवैको हत्या गरिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्