१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


ठूलाे वर्षाको चपेटामा काठमाडौं उपत्यका (भिडियाेसहित)

ढल निकासको प्रवन्ध नहुँदा तीन घण्टामै खोला किनारका बस्ती डुबानमा, सडक आवागमनमा असहजता

13
Shares

खिलनाथ ताजपुरीया

काठमाडौं । सामान्यता ५० मिलिमिटरसम्मको वर्षा मध्यम वर्षात्का रुपमा मानिएपनि सो भन्दा माथि १०० मिलिमिटरसम्मको वर्षात् हुनुलाई भारी वर्षा मानिन्छ । तर सोमबार विहान उपत्यका र आसपास क्षेत्रमा ३ घण्टाकाबीच एक सय पाँच मिलिलिटर वर्षा हुँदा खोला किनारका बस्ती डुबान मात्र भएनन् भक्तपुरसम्म जलमग्न हुँदा ट्राफिक व्यवस्थापनमा समेत प्रभावित बन्न पुग्यो ।

बाग्मती, विष्णुमती, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीमा पानीको सतह बढ्दा करिब ४ सय घर डुबानमा परे । बाढीबाट मानवीय क्षति जोगाउन डेढ सय मानिसको तत्काल उद्धार गरियो । थापाथलीस्थित खोला किनारामा रहेका सुकुम्बासी वस्ती, बल्खुको तरकारी बजार, टेकु, कालीमाटी लगायत स्थान जलमग्न हुँदा एकाविहानै जनजीवन त्रसित बन्न पुग्यो ।

मौसम पूर्वानुमानशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्प हावा नेपाल प्रवेश गरेसँगै उपत्यका र आसपासका वायुसँग भएको मिश्रणले मेघगर्जनसहित अति भारी वर्षा भएको हो । आखिर विरलै हुने यस्ता वर्षा कसरी हुन्छ ? भन्ने ईमेजकर्मीकाे जिज्ञासामा मौसमविद् मीनकुमार अर्याल भन्नुहुन्छ ‘जलवायु परिवर्तनमा फेरबदल हुने भएपछि पानी पर्ने तौरतरीका फरक हुदा यस्तो खाल्लो पानी पर्पछ ।’

मौसममा आएको फेरबदलले सोमबार राती र भोलीसम्म अतिभारी वर्षा हुने सम्भावना अझै रहेको महाशाखाको प्रक्षेपण छ । मौसममा प्रतिकूल अवस्था अझै कायम रहेकाले बाढी, पहिरोबाट हुने जोखिमबाट सचेत रहन महाशाखाले आग्रह गरेको छ । यस्तो अवस्थामा जो जहाँ रहेपनि आफ्नो जनधनको रक्षाका लागि सचेत हुनुको विकल्प छैन ।