१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


नेकपा स्थायी समिति बैठक आज पनि जारी


0
Shares

काठमाडौं, पुष ३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेकपाको स्थायी समितिको बैठक आज (बिहीबार) पनि जारी छ ।

पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा जारी बैठकमा बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । गत आइतबारबाट सुरु बैठकमा अधिकांश सदस्यहरुले आफ्नो भनाइ राखिसकेका छन् ।

यसअघि हिजोको बैठकमा विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा नेकपाका नेताहरुबीच चर्काचर्की भएको छ ।

अधिकांश नेताहरुरुले एमसीसीसँग भएको परियोजनासम्बन्धी सम्झौतामा आफ्नो धारणा राखेका थिए । उनीहरुले सम्झौता संसद्बाट अनुमोदन गर्न नहुने जिकिर गर्दै एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग नभएको पुष्टि गर्न नेतृत्वलाई चुनौती दिएका छन् ।

परराष्ट्रमन्त्रीसमेत रहनुभएका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले बैठकको सुरुतिरै एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको दाबी गर्नुभएको थियो ।