प्रज्ञा तिमिल्सिना
काठमाडौं । नेपालमा यही भदौ एक गते यता ४० हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमणको दोस्रो लहरसँगै बढेको संक्रमणको दर करिब ६ महिनापछि केही कम भएको हो । संक्रमण दर परीक्षणको तुलनामा १५ प्रतिशत भन्दा कम रहेको सरकारी तथ्याक छ । भदौ १० गते यताको १० दिनमा १७ हजार संक्रमित थपिएका छन् ।
निकै उच्च संक्रमण दर रहेको काठमाडौ उपत्यकामा समेत संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ । कुनै बेला खचाखच हुने उपत्यकाका प्रमुख सरकारी अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा पनि कमी आएको छ । हाल आइसियू र भेन्टिलेटरमा जम्मा २ सय २० संक्रमितको उपचार भईरहेको छ । संक्रमितको संख्यामा कमी आएको हो भन्ने इमेजकर्मीको प्रश्नमा मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भन्नुहुन्छ धेरै भन्दा धेरै मिल्दाे भएपनि परीक्षण गर्न नआएकाे देखिन्छ विभिन्न कारणले परीक्षणको दायरामा नआएको देखिन्छ । उहाँले सरकारले निशुल्क परीक्षण सुरु गरेकाले सबैलाई परीक्षण गराउन आग्रह गर्नुहुन्छ ।
बैशाख र जेठ महिनामा निकै उच्च बनेको संक्रमण असारमा केही कम भएको जस्तो देखियो । साउनमा भने संक्रमण बढेको थियो । साउनमा दिनको ५ हजारसम्म संक्रमित भेटिएकोमा भदौ महिना लागेसँगै केही कम हुदै गएको पाइएको छ । संक्रमण दर कम हुने संख्या प्रदेश अनुसार भने फरक देखिन्छ । प्रदेश नम्वर २ मा लामो समयदेखि संक्रमितको संख्यामा कमी आइरहेको छ भने कर्णाली प्रदेशमा परीक्षणको तुलनामा उच्च संक्रमित भेटिने गरेका छन् ।
प्रदेश १ का झापा , मोरङ् सुनसरीमा मात्र धेरै संक्रमित भेटिएका छन् भने वागमती प्रदेशको उपत्यकाका तीन जिल्ला सहित चितवन , काभ्रे , मकवानपुर ,नुवाकोट , सिन्धुपाल्चोक जिल्लामा बढी संक्रमण देखिएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्व , कास्की , वाग्लुङ् , गोरखा , स्याङ्जा र तनहु जिल्लामा संक्रमण देखिएको छ भने लुम्वनी प्रदेशको रुपन्देही र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा बढी संक्रमण देखिएको छ । ती जिल्लामा ५ सय माथि संक्रिय संक्रमित छन् । सह प्रवक्ता डा. अधिकारीले जोखिम कम नभएको र चार्डपर्वमा हुने भिडभाडले संक्रमितको संख्या बढ्ने खतरा औल्याउदै सुरक्षा सावधानी अपनाउन आग्रह गर्नुभयो ।
दोस्रो लहरको संक्रमणमा लाखै व्यक्ति संक्रमित भईसकेका छन् । हाल १ करोड बढीले भाइरस विरुद्धको खोप लगाएकाले संक्रमितको संख्यामा केही कमी आएको विज्ञहरुको भनाई छ । तर संक्रमण दर कम भयो भन्दै लापरबाही गर्न थालियो भने जोखिम बढ्ने खतरा रहन्छ ।
प्रतिक्रिया दिनुहोस्