२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


डिजिटल क्षेत्रमा चीनको तीब्र विकासले अन्य देशलाई तनाव


0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले डिजिटल क्षेत्रमा चीनको तीब्र विकासले अन्य विकसित मुलुकहरुलाई चिन्तित बनाएको बताएका छन् ।

संचार मन्त्रालयले बुधबार ललितपुरमा आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क सेमिनारमा उनले डिजिटल क्षेत्रमा चीनले उछिन्ने छ कि भनेर अमेरिका समेत चिन्तित भएको भन्दै यसलाई रोक्न व्यापार युद्धको समेत कुरा आईरहेको बताए ।

अर्थ विकासको आधार डिजिटल क्षेत्र भएको भन्दै उनले नेपाल जस्तो भुपरिवेष्ठित मुलुकमा कसैको बाधा व्यवधान विना नै डिजिटल सदुप्रयोग गर्न सके मुलुकको विकासमा कसैले पनि छेक्न नसक्ने बताए ।

कार्यक्रममा संचारमन्त्री गोकुल वाँस्कोटाले विगतमा सम्पतिको मापन जसको भैसी उसको वन जसको छोरा उसको धन हुने भएपनि अहिले डिजिटल भएको बताए ।

उनले सबैमा डिजिटल पहुँचयोग्य बनाउनु पर्ने र लगानी एकिकृत हुनु पर्नेमा जोड दिए ।

गत कातिक ८ गते मन्त्री परिषदबाट स्वीकृत भएको डिजिटल नेपाल फ्रेमवर्कमा कृषि, स्वास्थ्य, शिक्षा, उर्जा, पर्यटन लगायतका आठ वटा क्षेत्र समेटिएका छन ।